PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

संसदको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाउन पहल गर्ने माओवादीको निर्णय



पहिलोपोस्ट

संसदको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाउन पहल गर्ने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदमा देखिएको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाएर आवश्यक पहल गर्ने निर्णय गरेको छ।

आजबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। तर, नेकपा एमालेले आफूले कारवाही गरेका सांसदहरुलाई नहटाएसम्म संसद चल्न नदिने भनेर अडान लिइरहेका छन्। आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेका छन्। यसबिच माओवादीले सबै दलहरुलाई एकठाउँमा ल्याएर छलफल गरेर संसद संचालन गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले राष्ट्रिय सभामा गोपी अछामीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ। आज बसकेको संसदीय दलको बैठकले गंगा बेलबासेलाई सचेतक र रामनारायण बिडारीलाई सचेतक बनाउने निर्णय समेत गरेको छ।

यस्तै, २१ सदस्यीय संसदीय बोर्डको गठन गर्ने निर्णय समेत माओवादीले गरेको छ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरुले उठाएका विषयहरुको जवाफ दिएका थिए। उनले आजबाट सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell