PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दोस्रो चरणमा देउवासँग भिड्ने शेखरको तयारी, पत्रकार सम्मेलनबाट सार्वजनिक गर्दै धारणा



पहिलोपोस्ट

दोस्रो चरणमा देउवासँग भिड्ने शेखरको तयारी, पत्रकार सम्मेलनबाट सार्वजनिक गर्दै धारणा

काठमाडौं : कांग्रेस सभापति पदमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापति पदमा शेरबहादुर देउवासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने निर्णयमा डा शेखर कोइराला पुगेका छन्। उनले केही समयमा पत्रकार सम्मेलन गर्दै यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। 

सभापति पदमा हिजो भएको मतदानको मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याउँदा कोइरालाले १ हजार ७ सय २ मत ल्याएका थिए। सभापतिमा ५० प्रतिशतभन्दा बढी मत नल्याएको अवस्थामा सबैभन्दा धेरै मत ल्याउने दुई प्रत्यासी बिच पुन: मतदान प्रकृयाबाट छिनोफानो गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।

पहिलो चरणमा प्रकाशमान सिंहले ३ सय ७१ मत ल्याए भने विमलेन्द्र निधिले २ सय ५० मत ल्याएका थिए। त्यस्तै कल्याण गुरुङले २२ मत ल्याएका थिए। ७६ मत बदर भएको थियो।

जित निकाल्न देउवाले हिजो पाएको मतमा थप ८३ मत ल्याउनुपर्छ। त्यसका लागि उनी बिहानैदेखि सक्रिय रहे। प्रकाशमान सिंह र विमलेन्द्र निधिका साथै कल्याण गुरुङले पनि देउवालाई समर्थन गर्ने भएसँगै देउवा जितउन्मुख छन्। त्यस्तो अवस्थामा दोस्रो चरणको निर्वाचनमा शेखर के गर्छन् भन्ने प्रश्न उठेको थियो। त्यसलाई सम्बोधन गर्न उनले पत्रकार सम्मेलन डाकेका हुन्।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell