PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हिउँदे अधिवेशनको प्रारम्भसँगै एमालेले जारी राख्यो अवरोध, विरोधबिच सभामुखले अघि बढाए कार्यसूची



पहिलोपोस्ट

हिउँदे अधिवेशनको प्रारम्भसँगै एमालेले जारी राख्यो अवरोध, विरोधबिच सभामुखले अघि बढाए कार्यसूची

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भकै दिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सदनको काममा अवरोध गरेको छ। अघिल्लो अविधेशनदेखि नै निरन्तर रुपमा सदनमा अवरोध गरिरहेको एमालेले अधिवेशन प्रारम्भमा पनि त्यसलाई  जारी राखेको हो।

अघिल्लो अधिवेशनमा पनि एमालेले अवरोध जारी राखेको थियो। भदौ २३ देखि सुरु भएको अधिवेशन कात्तिक १२ गतेसम्म चलेको थियो। अधिवेशन अवधिभर एमालेले अवरोध जारी राखेको थियो। 

मंगलबार पनि एमालेले बैठकको सुरुआतसँगै रोष्ट्रम घेराउ गरेको थियो। एमालेले सभामुखको निष्पक्षतामा प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ। भदौ १ गते एमालेले कारबाहीका लागि १४ जना तत्कालीन सांसदहरुलाई कारबाही सिफारिस गरेको थियो। लामो समयसम्म सभामुखले कुनै पनि प्रक्रिया अघि नबढाइ होल्ड गरेका थिए। माधव नेपालसहितका सांसदलाई कारबाहीका लागि एमालेले सिफारिस गरेको थियो।

निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया पूरा भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुमाथि कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए। 

एमालेले अवरोध जारी राखेपछि विरोधकै बीच संसद्को कार्यसूची भने अघि बढाइएको छ।

सदनमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनको अध्यक्ष मण्डल मनोनयन गरिएको छ। साथै सरकारका तर्फबाट ६ वटा अध्यादेश पेस भएका छन्। 

बैठकमा नाराबाजी गरिरहेको एमालेले शहीदहरुको सम्झनामा गरिएको मौनधारणमा भने मौन बसेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell