PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, कोको बन्दैछन् मन्त्री?



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, कोको बन्दैछन् मन्त्री?

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। 

मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार मंगलवार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ।

मन्त्री बन्नेमा माओवादीबाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका रत्न ढकाल रहेका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (एस) का तर्फबाट सिन्धुपाल्चोककी इन्द्रमाया गुरुङ, काभ्रेका बसुन्धरा हुमागाईं र काठमाडौंका बसन्त मानन्धरको चर्चा छ। 

नेकपा एसबाट मन्त्री टुङ्ग्याउने जिम्मा मुख्यमन्त्री पाण्डेलाई दिइएको छ। सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसबाट भने, को–को मन्त्री बन्ने टुङ्गिएको छैन। कांग्रेसले महाधिवेशनपछि मात्र मन्त्रीको नाम टुङ्ग्याउने भएपछि माओवादी केन्द्र र नेकपा एसले आफ्ना आकांक्षीहरुको नाम अघि सारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell