PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

प्रतिनिधिसभा बैठक पुस ६ गतेसम्मका लागि स्थगित



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक पुस ६ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक पुस ६ गतेसम्म स्थागित भएको छ। आजबाट प्रारम्भ भएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको थियो।

 अघिल्लो अविधेशनदेखि नै निरन्तर रुपमा सदनमा अवरोध गरिरहेको एमालेले अधिवेशन प्रारम्भमा पनि त्यसलाई जारी राखेको हो।

एमालेले सभामुखको निष्पक्षतामा प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ। भदौ १ गते एमालेले कारबाहीका लागि १४ जना तत्कालीन सांसदहरुलाई कारबाही सिफारिस गरेको थियो। लामो समयसम्म सभामुखले कुनै पनि प्रक्रिया अघि नबढाइ होल्ड गरेका थिए। माधव नेपालसहितका सांसदलाई कारबाहीका लागि एमालेले सिफारिस गरेको थियो।

निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया पूरा भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुमाथि कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए।

एमालेले अवरोध जारी राखेपछि विरोधकै बीच संसद्को कार्यसूची भने अघि बढाइएको छ।

आजको बैठकमा सदनमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक संचालनको लागि अध्यक्ष मण्डल मनोनयन गरिएको थियो। साथै सरकारका तर्फबाट ६ वटा अध्यादेश पेस भएका थिए।

एमालेको अवरोधबिच नै कार्यसूची अघि बढाएर सभामुखले नाराबाजीबिच नै पुस ६ गतेसम्म बैठक स्थगित गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell