PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सभापति रोज्न प्रतिनिधि फेरि लाइनमा, प्रधानमन्त्री देउवा पुगे मतदानस्थल



पहिलोपोस्ट

सभापति रोज्न प्रतिनिधि फेरि लाइनमा, प्रधानमन्त्री देउवा पुगे मतदानस्थल

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्।

हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो।

देउवालाई अन्य सभापतिका आकांक्षी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell