PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आफ्ना भोटरलाई निधिले भने : देउवालाई मत दिनुस्



पहिलोपोस्ट

आफ्ना भोटरलाई निधिले भने : देउवालाई मत दिनुस्

काठमाडौं : पहिलो चरणमा आफूलाई मत दिने प्रतिनिधिहरुलाई दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई मत जाहेर गर्न नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आग्रह गरेका छन्। 

'निर्वाचनमा मलाई साथ दिने साथीहरु र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु,' निधिले आफ्नो अपीलमा भनेका छन्, 'सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्विकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु।'

उनले प्रतिनिधिहरुलाई दोस्रो चरणको मतदानमा सभापति पदमा शेरबहादुर देउवालाई समर्थन गर्दै मत प्रदान अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell