PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। यस्तै, उनलाई समर्थन जनाएका प्रकाशमान सिंह पनि सभागृह पुगिसकेका छन्।

अहिले दुवै नेता प्रतिनिधिहरु सँग मत मागिरहेका छन्।

हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो।

देउवालाई अन्य सभापतिका आकांक्षी सिंहसँगै विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell