
काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि अहिले निर्वाचन भइरहेको छ। राष्ट्रिय सभागृहमा जारी मतदानमा साँझ ७ बजेसम्म २६०० मत खसेको निर्वाचन समितिले जनाएको छ।
व्यवस्थापन सहन नहुँदा मतदानमा पनि ढिलाइ भइरहेको छ। प्रतिनिधिहरुले लामो समयसम्म लाइनमा बस्नुपरेको समेत गुनासो गरेका छन्।
सोमबार भएको पहिलो चरणको निर्वाचनबाट सभापति निर्वाचित हुन आवश्यक मत कुनै पनि उम्मेद्वारले नपाएपछि दोस्रो चरणमा निर्वाचन भइरहेको हो। दिउँसो ३ः३० बजेबाट मतदान सुरु भए पनि निकै सुस्त रुपमा मात्र मत खसिरहेको छ।
पहिलो चरणमा बढी मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।