PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

सभागृह बाहिर सुनसान, मतदातालाई भित्र छिराएर बन्द गरियो गेट

सभागृह बाहिर सुनसान, मतदातालाई भित्र छिराएर बन्द गरियो गेट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनको मतदान जारी छ। दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान करिब अन्तिम चरणमा पुगेको छ।

निर्वाचन समितिका अनुसार अधिकांश मतादाता अहिले निर्वाचनस्थलमा प्रवेश गरिसकेका छन्। चार हजारभन्दा बढी मतदान भइसकेको छ। 
निर्वाचनस्थल सभागृहबाहिर अहिले मतदाताको लाइन छैन। सबै मतदातालाई भित्र छिराएर मुख्य गेट बन्द गरिएको छ। 

हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि प्रतिस्पर्धा भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइराला सभापतिका लागि भिड्दैछन्। दिनभर भिड भएको प्रदर्शनीमार्ग पनि अहिले खाली भएको छ। मतदानस्थलबाट प्रधानमन्त्री शेरबहादुर देउवा बाहिरिसकेका छन्।

मतदान प्रक्रिया सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell