काठमाडौँः नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। मंलगबार राति साढे ९ बजेसम्म भएको मतदानमा ४५६२ मत खसेको निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए। सोमबार भएको पहिलो चरणको मतदानमा ४६७९ मत खसेको थियो। पहिलो चरणमा भन्दो ११५ मत कम खसेको हो।
सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।
पहिलो चरणमा कुनै पनि उम्मेद्वारले विधान बमोजिम ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेकाले दोस्रो चरणमा निर्वाचन भएको हो।
दोस्रो चरणमा देउवालाई यसअघिका प्रतिस्पर्धी प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेका छन्। यस्तै, पहिलो चरणको मतदानमा २० मत पाएका कल्याण गुरुङले पनि देउवालाई समर्थन गरेका छन्।
सिंह र निधिको समर्थनपछि देउवाको जित सुनिश्चित मानिएको छ।