PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेस सभापति चयनको मतगणना सुरु



पहिलोपोस्ट

कांग्रेस सभापति चयनको मतगणना सुरु

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचनपछिको प्रक्रिया सकेर निर्वाचन समितिले गणना सुरु गरेको हो। राष्ट्रिय सभागृहमा सवा ११ बजेबाट मतदान सुरु गरिएको हो। 

दोस्रो चरण अन्तर्गत मंगलबार भएको मतदानमा ४५६२ मत खसेको छ। 

प्रतिस्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला छन्। पहिलो चरणको निर्वाचनका प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थनले सभापतिमा देउवाको जितलाई करिब सुनिश्चित मानिएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell