PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित



पहिलोपोस्ट

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राष्ट्रिय सभागृहमा भएको मतगणनामा देउवाले शेखर कोइरालालाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। 

४ हजार १७८  मत गणना गर्दा देउवाले २५०१ मत पाएका छन्। यस्तै, शेखर कोइरालाले १ हजार ६४७ मत प्राप्त गरेका छन्।  ३० मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति बनेका थिए। सो महाधिवेशनमा पनि देउवाले दोस्रो चरणको निर्वाचनबाट जित हासिल गरेका थिए। त्यसबेला देउवालाई कृष्ण प्रसाद सिटौलाले सहयोग गरेका थिए।

यो महाधिवेशनमा पनि दोस्रो चरणमा देउवाले जित निकालेका हुन्। सभापतिका प्रतिस्पर्धीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन जनाएका थिए।

मंगलवार दिउँसो साढे ३ बजेदेखि शुरु भएको दोस्रो चरणको मतदान राति साढे ९ बजे सकिएको थियो। ३ घण्टा चलेको निर्वाचनमा ४५६२ मत खसेको थियो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। 

देउवा निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बांकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell