PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

सभागृह आसपास बढाइयो सुरक्षा, कांग्रेस कार्यकर्ताको उपस्थिति बढ्दै



पहिलोपोस्ट

सभागृह आसपास बढाइयो सुरक्षा, कांग्रेस कार्यकर्ताको उपस्थिति बढ्दै

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा फेरि सभापति पदमा निर्वाचित भएका छन्।

मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२६ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्।

शेखर कोइराले १ हजार ८५५ मत प्राप्त गरे। यस्तै, ३५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।  

देउवा निर्वाचित भएको घोषणा गर्दै मतगणनास्थल राष्ट्रिय सभागृह आसापस सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। मतगणना प्रारम्भ भएसँगै प्रदर्शनी मार्गमा कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति घटेको थियो। अहिले मतपरिणम घोषणासँगै सभागृह बाहिर कांग्रेसी नेता कार्यकर्ताको चहलपहल समेत बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell