PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सबैलाई मिलाएर लग्न सक्नु नै देउवाको विशेषता हो, त्यसैले निर्वाचित हुनुभयो : बालकृष्ण खाण



पहिलोपोस्ट

सबैलाई मिलाएर लग्न सक्नु नै देउवाको विशेषता हो, त्यसैले निर्वाचित हुनुभयो : बालकृष्ण खाण

काठमाडौं :  गृहमन्त्री बालकृष्ण खाणले प्रधामन्त्री शेरबहादुर देउवा सबैलाई मिलाएर अघि बढ्न सक्ने नेता भएको बताएका छन्।

१४ औं महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतपरिणम केन्द्रीय निर्वाचन कमिटीले घोषणा गरेपछि खाणले सभापतिमा निर्वाचित देउवाले सबैलाई लिएर अघि बढ्ने बताएका हुन्।

निर्वाचन कमिटीका अनुसार राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्। मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्।शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरे। यस्तै, ३५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन परिणाम घोषणा पछि संचारकर्मीहरुसँग कुरा गर्दै खाणले भने, ‘देउवा सबैलाई मिलाउन सक्ने नेता हुन्। उहाँले सबैलाई मिलाएर लानुहुन्छ। उहाँको विषेशता नै यही हो। त्यही भएर उहाँ फेरि निर्वाचित हुनुभयो।’

गृहमन्त्री खाण रातभर मतगणनास्थल राष्ट्रियसभा गृहमा खटेका थिए।

खाण देउवा समूहबाट महामन्त्रीका आकांक्षी थिए। तर, देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा उम्मेदवार भएपछि खाण केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell