PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

म्यानचेस्टर सिटीको फराकिलो जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले लिड्समाथि ७-० गोलअन्तरले जित निकालेको हो।

सिटीको जितमा केभिन डी ब्रुइनले दोहोरो गोल गर्दा फिल फोडेन, ज्याक ग्रिलिस, रियाद महरेज, जोन स्टोन्स र नाथन एकेले समान एक गोल गरे।

खेलको ८ औं मिनेटमै महरेजको पासमा गोल गर्दै फोडेनले सिटीलाई अग्रता दिलाएका थिए। उनको गोलसँगै प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले ५०० गोल पुरा गरेको छ।

त्यस्तै ग्रिलिसले १३ औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यस्तै ३२ औं मिनेटमा रोड्रीको पासमा डी ब्रुइनले गोल थप्दा पहिलो हाफमै सिटी ३-० ले अघि रह्यो।

दोस्रो हाफमा इल्के गुण्डोगनको पासमा महरेजले गोल गर्दै गोलसंख्या थप गरे। उनले खेलको ४९ औं मिनेटमा गोल गर्दा गुण्डोगनकै पासमा ६२ औं मिनेटमा डी ब्रुइनले ब्यक्तिगत दोस्रो गोल गरे। त्यस्तै ७४ औं मिनेटमा स्टोन्स र ७८ औं मिनेटमा एकेले गोल गर्दा सिटीले ७-० को सानदार जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीमाथि २-० को जित निकालेको थियो।

सानदार जित निकालेसँगै म्यानचेस्टर सिटी शीर्षस्थानमा कायम छ। सिटीले १७ खेलबाट ४१ अंक जोड्दा दोस्रो स्थानमा रहेको लिभरपुलले १६ बाट ३७ अंक र चेल्सीले समान १६ खेलबाट ३६ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell