PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

देउवालाई सत्ता साझेदार माधवकुमार नेपालको बधाई, बाबुरामको शुभेच्छा: अग्रगमनकारी शक्तिबीच एकता होस्



पहिलोपोस्ट

देउवालाई सत्ता साझेदार माधवकुमार नेपालको बधाई, बाबुरामको शुभेच्छा: अग्रगमनकारी शक्तिबीच एकता होस्
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित भएसँगै शेरबहादुर देउवालाई बधाईको ओइरो लागेको छ। सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई दिएका छन्।

माधवकुमार नेपालले लेखेका छन्: दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।

त्यस्तै समाजवादी पार्टीका बाबुराम भट्टराईले देउवालाई बधाइ दिँदै अग्रगामी शक्तीबीच एकता होस भन्ने शुभकामना दिएका छन्।

'नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम शेरबहादुर देउवालाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना,' भट्टराईले लेखेका छन्, 'वहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!'

त्यस्तै सत्ता साझेदार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका योगेश भट्टराई, प्रदीप ज्ञवाली लगायतका नेताहरुले बधाइ दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell