PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए



पहिलोपोस्ट

रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए

काठमाडौं: कांग्रेस महाधिवेशनको चटारो परिरहँदा कांग्रेस नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। पौडेलले ६ महिनामा दुई पटक संसद विघटन गरेर व्यवस्था नै संकटमा पुर्‍याएका एमाले अध्यक्ष ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका छन्। उनले सरकारलाई पनि संसद सुरु गराएर लोकतान्त्रिक गति दिन आग्रह गरेका छन्।

'६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,' पौडेलको विज्ञप्तिमा भनिएको छ, 'संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ।'

उनले अगाडि लेखेका छन्: देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो। समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ।

मंगलवारबाट प्रारम्भ भएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको थियो। अघिल्लो अविधेशनदेखि नै निरन्तर रुपमा सदनमा अवरोध गरिरहेको एमालेले अधिवेशन प्रारम्भमा पनि त्यसलाई जारी राखेको हो।

एमालेले सभामुखको निष्पक्षतामा प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ। भदौ १ गते एमालेले कारबाहीका लागि १४ जना तत्कालीन सांसदहरुलाई कारबाही सिफारिस गरेको थियो। लामो समयसम्म सभामुखले कुनै पनि प्रक्रिया अघि नबढाइ होल्ड गरेका थिए। माधव नेपालसहितका सांसदलाई कारबाहीका लागि एमालेले सिफारिस गरेको थियो।

निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया पूरा भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुमाथि कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell