PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सबैभन्दा अस्थिर प्रचण्ड एण्ड कम्पनी र माधवकुमार नेपाल : ओली



पहिलोपोस्ट

सबैभन्दा अस्थिर प्रचण्ड एण्ड कम्पनी र माधवकुमार नेपाल : ओली
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताको नायक भएको बताएका छन्। च्यासलमा मनोनित केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल सबैभन्दा बढी अस्थिरता ल्याउने पात्र भएको बताए।

'आफ्नो दुनो सोझ्याउने उहाँहरुको नीति छ। अहिले चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने। सबैभन्दा अस्थिरता हुने। त्यो शक्तिहरुसँग कुनै पनि हालतमा एकता हुदैन्। कहाँ तार जोडिएको छ हामीले छर्लग देखिसकेका छौँ,'उनले भने।  

उनले एमाले ठुलो पार्टी भएकाले असन्तुष्टि देखिन सक्ने बताए। मनोनित केन्द्रीय सदस्यलाई ओलीले अनुकरणीय हुनु आवश्यक भएको बताए।

'हाम्रो ब्रेक कहिल्य पनि फेल हुदैन्। कमरेडहरुको भूमिका अनुसरणीय हुनुपर्छ। जनशैली हुनुपर्छ गाउँघरमा जस्तो होइन परिमार्जित हुनुपर्छ। हामीले एडभान्स कुरा टिप्ने हो। कमरेडहरुको कामको तरिका र शैलीहरुका बारेमा मैले यति भने। जसले हामीलाई सफल बनाउने छ,' उनले भने।

एमाले भित्र अहिले केही असन्तुष्टिहरु देखिएको भन्दै ओलीले भने,'सबैले न्यायको अनुभव नगरेको हुन सक्छ। ठ्याकै त्यो इन्चु सेण्टिमिटर छुट्याउने। चित्त केही गर्दा पनि भेटिदैन। चित्तले उपर्दो मच्चाउछ। चित्त भनेको मनको स्थिति हो। मन भनको कुनै छुट्टै केही छैन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell