
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केन्द्रीय कमिटी सदस्यमा मनोनितहरुलाई सपथ ग्रहण गराएका छन्।
नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनित ४४ जनालाई ओलीले ललितपुरको च्यासलमा सपथ ग्रहण गराएका हुन्।
एमालेको विधान अनुसार १० प्रतिशत मनोनित गर्ने व्यवस्था छ। ४४ जना मनोनित भएका हुन्।
४४ मध्ये ७ जना केन्द्रीय कमिटीमा दोहोरिएका हुन् भने ३७ जना नयाँ सदस्य थपिएका हुन्। चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनले ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको थियो। ओलीको अध्यक्षतामा १९ जनाको पदाधिकारी पनि महाधिवेशनबाट चयन भएको थियो।
मनोतित आफू अनुकुल गरेको भन्दै एमालेमा असन्तुष्टि देखापरेको छ। जसलाई ओलीले सबैको चित्त बुझाउन नसकिने बताए। च्यासलमा सम्बोधन गर्दै ओलीले फराकिलो छाति बनाएर सोच्न नेताहरुलाई आग्रह गरेका छन्। मुख्यगरी ओली इतरका नेताहरुले महाधिवेशन पछि निर्णय गर्दा आफूअनुकुल हुनेगरी मात्रै गरेको भन्दै केन्द्रीय कमिटीको बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए।