PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

महाधिवेशनले फोहोर बनेको भृकुटीमण्डपमा सरसफाइ गर्दै विश्वप्रकाशको टोली



पहिलोपोस्ट

महाधिवेशनले फोहोर बनेको भृकुटीमण्डपमा सरसफाइ गर्दै विश्वप्रकाशको टोली

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा पुन: सभापति पदमा निर्वाचित भएका छन्। शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन्।

कांग्रेसको महाधिवेशन भृकुटीमण्डपमा आयोजना गरिएको थियो। सभागृहमा भने मतदान प्रक्रिया र गणना भएको थियो। त्यसैले केहीदिन देखि प्रदर्शनमार्ग क्षेत्र कांग्रेसको पर्चा र ब्यानरले भरिएका थिए। भृकुटीमण्डपको पसलदेखि भित्तासम्म कांग्रेस उम्मेदवारका ब्यानर टांगिएका थिए।

सभापतिको नतिजा आइसकेपछि भने कांग्रेसले भृकुटीमण्डप र प्रदर्शनीमार्ग सरसफाइ गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको अगुवाइमा सरसफाइ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell