PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मनी र मसल प्रयोग नभएको भए हामीले जितिसकेका हुन्थ्यौं : चन्द्र भण्डारी



पहिलोपोस्ट

मनी र मसल प्रयोग नभएको भए हामीले जितिसकेका हुन्थ्यौं : चन्द्र भण्डारी

काठमाडौं : १४ औं कांग्रेस महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट उपाध्यक्षका उम्मेदवार रहेका डा चन्द्र भण्डारीले 'मनी र मसल'को प्रयोग नभएको भए आफ्नो प्यानलले जितिसकेको हुने टिप्पणी गरेका छन्। 

'अब हामी मनी र मसलको आधारमा निर्वाचन जितिँदैन भन्ने कुरा १५ महाधिवेशनबाट छिनोफानो गर्नेछौं,' महाधिवेशनमा पराजित भएपछि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै भण्डारीले भने।

उनले देउवालाई बधाई दिँदै सिंगो पार्टीको नेता बन्न आग्रह समेत गरेका छन्। 'देउवाजीले गुटको नेतृत्व गर्ने होइन सिंगो पार्टीको नेता बन्न आग्रह गर्छु,' उनले भने।

भण्डारीले शेखर कोइरालालाई परिवर्तनको रफ्तार अहिलेजस्तै अगाडि बढाउँदै कार्यकर्तालाई जोगाउँदै संरक्षण गर्दै अगाडि बढ्नुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell