PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रमेश सिलवाललाई हटाउने निर्णयमा सर्वोच्चको अल्पकालीन अन्तरिम, पुस १२ गते दुबै पक्षलाई अदालतले बोलायो



पहिलोपोस्ट

रमेश सिलवाललाई हटाउने निर्णयमा सर्वोच्चको अल्पकालीन अन्तरिम, पुस १२ गते दुबै पक्षलाई अदालतले बोलायो

काठमाडौँः सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरि फुँयालको एकल इजलासले सिलवाललाई हटाउने निर्णय पुस १२ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले पुस १२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। 

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले अल्पकालीन अन्तरिम जारी भई छलफलमा दुबै पक्षलाई बोलाइएको जानकारी दिए। 

दुबै पक्षको छलफलबाट अल्पकालीन आदेशले निरन्तरता पाएमा सिलवाललाई हटाउने सरकारको निर्णय कार्यान्वयन रोकिने छ। एकल इजलासको आदेश खारेज भएमा सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्ने छ।

सिलवालको कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै सरकारले स्पक्ष्टीकरण सोधेको थियो। सोपछि कात्तिक १ गतेको मन्त्रिपरिषदले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो। लगत्तै उनले कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

सिलवाललाई हटाएर सरकारले माओवादी केन्द्र निकटका टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो। घिसिङले पदभार ग्रहण गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell