PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

सर्वोच्चपछि अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी, ईश्वर खतिवडाको असहमति



पहिलोपोस्ट

सर्वोच्चपछि अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी, ईश्वर खतिवडाको असहमति
फाइल फोटो

काठमाडौँः सर्वोच्च अदालतपछि उच्च र जिल्ला अदालतमा पनि अब गोला प्रणालीबाट मुद्दाको पेसी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको फूलकोर्टले माघ २ गतेबाट गोला प्रणाली लागू गर्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि नियमावली संशोधन लगायतका प्रक्रिया अब अघि बढ्नेछन्।

निर्णयमा न्यायाधीश ईश्वर खतिवडाले भने असहमति राखेका छन्। गोला प्रणाली न्यायपालिका शुद्धीकरणको अन्तिम विकल्प नभएको भन्दै खतिवडाले निर्णयमा असहमति जनाएका हुन्।

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरु समेत सम्मिलित बैठकबाट गोला प्रणालीमा जाने निर्णय भएको हो। यसअघि उच्च र जिल्ला तहमा मंसिर १ गतेदेखि नै गोला प्रणाली लागूको परिपत्र समेत भएको थियो। थर। प्रक्रिया अघि बढेको थियो।

सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोला प्रणाली लागू भएको थियो। प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेको बार एशोसिएशनले पनि उच्च र जिल्लामा गा्ला प्रणाली लागू गर्न माग गरेको थियो।

न्यायपालिकाको विकृति विसंगतिबारे अध्ययन गर्न गठित समितिले पनि अदालतमा पेसीलाई अटोमेसनमा लैजान सुझाव दिएको छ। अटोमेसनको प्रक्रियामा नजाँदासम्म गोला प्रणालीलाई विकल्पमा रुपमा अघि सारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell