PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेस उपसभापतिको मतगणना, गुरुङ र खड्काको प्रारम्भिक अग्रता



पहिलोपोस्ट

कांग्रेस उपसभापतिको मतगणना, गुरुङ र खड्काको प्रारम्भिक अग्रता

काठमाडौंः नेपाली कांग्रेसको नेतृत्व चयनका लागि निर्वाचन अन्तर्गत अहिले उपसभापति पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी गणनामा उम्मेद्वारद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता बनाएका छन्। दुई उपसभापति पदका लागि सात जनाबीच प्रतिस्पर्धा भइरहेको छ। 

प्रारम्भिक ६०० मत गणना गर्दा गुरुङले २५८ र खड्काले २४६ मत पाएका छन्। 

यस्तै, अन्य प्रतिस्पर्धी विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५ मत पाएका छन्। 

मतगणना जारी छ। उपसभापतिको गणना सकिएपछि महामन्त्री पदको गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell