PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस उपसभापतिमा चार उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा, गुरुङ र खड्काको अग्रता कायमै



पहिलोपोस्ट

कांग्रेस उपसभापतिमा चार उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा, गुरुङ र खड्काको अग्रता कायमै

काठमाडौँः नेपाली कांग्रेसको भावी उपसभापति पदमा चार उम्मेद्वारबीच कडा प्रतिस्पर्धा देखिएको छ। ९०० मतगणना गर्दा चार उम्मेद्वारबीचको रोचक प्रतिस्पर्धा चलिरहेको छ। दुई उपसभापति पदका लागि सात उम्मेद्वार चुनावी मैदानमा छन्। 

जारी गणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले ३९२ र खड्काले ३९५ मत पाएका छन्। 

यस्तै, चन्द्र भण्डारीले ३५१ र विजयकुमार गच्छदारले ३५५ मत पाएका छन्। सातमध्ये सबैभन्दा बढी मत पाउने दुई जना उपसभापतिमा निर्वाचित हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell