PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सभापतिमा देउवा जित्दा उपसभापतिमा शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता



पहिलोपोस्ट

सभापतिमा देउवा जित्दा उपसभापतिमा शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता

काठमाडौँः नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणनामा शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता बनाएका छन्। कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार बनेका चन्द्र भण्डारी र धनराज ज्ञवालीले अग्रता बनाएका हुन्। 

२३०० मतगणना हुँदा भण्डारीले ८७० र गुरुङले ९६० मत पाएका छन्। 

यस्तै, सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट उम्मेद्वार बनेका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार पछ्याइरहेका छन। 
खड्काले ८४० मत पाएका छन्। गच्छदारले ६६० मत पाएका छन्। 

उपसभापतिको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell