
काठमाडौंः नेपाली काग्रेसको उपसभापति पदका लागि अहिले मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी गणनामा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले पुनः अग्रता बनाएका छन्। खड्कालाई शेखर कोइराला प्यानलका धनराज गुरुङले पछ्याइरहेका छन्।
२८६७ मतगणना हुँदा खड्काले १३२१ मत पाएका छन्। गुरुङ १२६७ मतका साथ दोस्रो स्थानमा छन्।
यस्तै, देउवा प्यानलकै विजयकुमार गच्छदारले १२१३ । शेखर प्यानलका चन्द्र भण्डारीले १११५ मत पाएका छन्। यस्तै सुजाता कोइरालाले ३७८, महेश आचार्यले २६६ र दिव्यश्वरी शाहले ११२ मत पाएका छन्।
मतगणना बुधबार साँझबाछ सुरु भएको हो। उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने तयारी निर्वाचन समितिको छ।