PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

उपसभापतिमा देउवा प्यानलका खड्का र गच्छदारको अग्रता, गुरुङ र भण्डारी पछि परे



पहिलोपोस्ट

उपसभापतिमा देउवा प्यानलका खड्का र गच्छदारको अग्रता, गुरुङ र भण्डारी पछि परे

काठमाडौँः नेपाली कांग्रेसको उपसभापति चयनका लागि जारी मतगणनामा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्। प्रारम्भदेखि नै अग्रता कायम गरिरहेका धनराज गुरुङलाई पछि पार्दै गच्छदारले अग्रता बनाएका हुन्।

उपसभापति प्रतिस्पर्धामा रहेका सात जनामध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन्।

निर्वाचन समितिका अनुसार ३५५८ मतगणना हुँदा खड्काले १६३४ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा आइपुगेका गच्छदारले १४४३ मत पाएका छन्। 

शेखर कोइराला प्यानलका धनराज गुरुङलाई झिनो मतान्तरले गच्छदारले पछि पारेका हुन्। गुरुङले १४३७ मत पाएका छन्।

यस्तै, उपसभापतिका अर्का प्रत्यासी चन्द्र भण्डारीले १२५७ मत पाएका छन्। यस्तै, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell