PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेस उपसभापतिमा मिश्रित नतिजाः देउवा प्यानलका खड्का र शेखर पक्षका गुरुङ विजयी



नेत्र तामाङ

कांग्रेस उपसभापतिमा मिश्रित नतिजाः देउवा प्यानलका खड्का र शेखर पक्षका गुरुङ विजयी

काठमाडौंः नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेद्वार खड्का र पराजित शेखर कोइराला प्यानलका गुरुङ विजयी भएका हुन्। पार्टी कार्यालय सानेपामा बुधबार साँझदेखि मतगणना सुरु भएको थियो। गुरुङले अर्का प्रत्यासी विजय गच्छदारलाई निकै प्रतिस्पर्धात्मक रुपमा पछि पारेका छन्। 

मत परिणाम अनुसार खड्काले २१२१ मत पाएका छन्। यस्तै गुरुङले १९०८ र गच्छदारले १९०६ मत पाएका छन्। दुई मतको अन्तरले गुरुङ विजयी भएका हुन्। 

देउवा प्यानलबाट प्रतिस्पर्धामा रहेका विजय गच्छदार र शेखर प्यानलका चन्द्र चण्डारी प्रतिस्पर्धात्मक रुपमा पराजित भए।  अन्य उम्मेद्वारहरुमा भण्डारीले १५८० मत पाए। यस्तै सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए।

निर्वाचन समितिका अनुसार अब महामन्त्री पदको मतगणना हुनेछ। दुई महामन्त्रीका लागि ६ जना प्रतिस्पर्धामा छन्।

महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell