PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

वेस्टहममाथि आर्सनलको सहज जित



पहिलोपोस्ट

वेस्टहममाथि आर्सनलको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न आर्सनलले वेस्ट हममाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले वेस्टहममाथि २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा गाब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए। उनले खेलको ४८ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेटको पासमा गोल गरेका थिए। खेलको ६६ औं मिनेटमा लकाजेटलाई फउल गरेपछि वेस्टहमका भ्लादिमिर कउफर रेडकार्ड खाँदै बाहिरिएका थिए। लगत्तै पाएको पेनाल्टीको अवसरमा लकाजेट चुके। यद्यपि सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका इमाइल स्मिथ रोवले ८७ औं मिनेटमा गोल थपे। र, आर्सननले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै १७ खेलबाट २९ अंक जोडेको आर्सनल तालिकाको शीर्ष चारमा उक्लिएको छ। समान खेलबाट २८ अंक जोडेको वेस्टहम तालिकाको पाँचौं स्थानमा छ। शीर्ष स्थानमा रहेका म्यानचेस्टर सिट, लिभरपुल र चेल्सीको क्रमश ४१, ३७ र ३६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell