PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सक्नु भएन : क्यान अध्यक्ष चतुरबहादुर चन्द (अन्तर्वार्ता)



मुकुन्द घिमिरे

ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सक्नु भएन : क्यान अध्यक्ष चतुरबहादुर चन्द (अन्तर्वार्ता)

काठमाडौं : नेपाल क्रिकेट संघ क्यान र क्रिकेट खेलाडीबिचको विवाद चरम उत्कर्षमा पुगेको छ। खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाएका खेलाडीले सञ्चारमाध्यममा बोलेपछि क्यान नेतृत्व पनि आक्रमक बनेको थियो। त्यसपछि सुरुभयो स्पस्टीकरणको शृङखला। र, बुधवार बसेको क्यानको बोर्ड बैठकले बहुमतबाट खेलाडीलाई कारवाही गर्ने निर्णय गर्‍यो। जसमा सबैभन्दा महत्वपूर्ण विषय भनेको ज्ञानेन्द्र मल्लको कप्तानी र दीपन्द्र सिंह ऐरीको उपकप्तान पद खोसियो। र, नयाँ कप्तानका रुपमा सन्दीप लामिछानेलाई क्यानले छनोट गरेको छ।

यही सेरोफेरोमा रहेर पहिलोपोस्टका मुकुन्द घिमिरेले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सोधे:

कप्तान उपकप्ताननै परिवर्तन गर्नुपर्ने अवस्थामा क्यान कसरी आईपुग्यो? खेलाडी र क्यानबिचको विवाद के हो?

२०२१ को सेन्ट्रल कन्ट्र्याक्टको ग्रेडिङ गर्ने एउटा समिति बनेको थियो। त्यो समितिले लामो अध्ययन पछि एउटा सिफारिस गरेको थियो। 'ए' को? 'बी'मा को र 'सी'मा को? भनेर। त्यसमा अरु केही इश्यु थिएन, तर सोमपाल कामी 'बी' किन पर्‍यो? 'ए' मा किन परेन? भनेर पहिला सोमपालले भन्यो। त्यसपछि ज्ञानेन्द्र, दीपेन्द्र र कमलसिंह ऐरीले यो अन्याय भयो, किन 'ए' मा परेन भनेर सार्वजनिक मिडियामा भिडियोमा पनि बोलेको पाइयो।

क्यानमा कोड अफ कन्डक्ट छ। क्यानमा आएर फोन ग रेहुन्थ्यो। या निवेदन दिए हुन्थ्यो। बैठक राख्नलाई अनुरोध गरे हुन्थ्यो। त्यसमा खेलाडीसँग अन्तर्क्रिया गराए हुन्थ्यो। यसमा मिडियामा गएर बोल्नु पर्ने कारण के? क्यानमा एउटा कन्ट्राक्ट गरेको छ जसमा सार्वजनिक रुपमा क्यानको अनुमतीबिना बोल्ने छैन भनेर। हामीले यसबारे सोध्दा अझ क्यानले नै स्पस्टीकरण दिनुपर्नेगरी जवाफ आयो।

विवाद सतहमा आउनुको कारण सोमपालको करार रहेछ? राष्ट्रिय टोलीबाट खेल्दै आएका उनको ग्रेडिङ कसरी घट्यो?

सोमपाल कामी पर्नुपर्ने आधार के छ भन्दा पनि कमिटीले एउटा क्राइटएरिया बनाएको थियो। त्यसमा सोमपाल कही कतै अटाएनन्। पहिला म 'ए' मा थिएँ त्यसैले 'ए' मै हुनुपर्छ भन्ने दाबेदारी थियो। पहिलो वर्ष ८ जनालाई ए मा राखेको थियो। र, यो वर्ष कोटा निर्धारण गरेर ५ जना 'ए' मा,६ जना 'बी' मा र सातजना 'सी' मा त्यही अनुसारको पैसा निकास हुने हो। यो एउटा प्रक्रिया हुो। बोर्डले निर्धारण गरेको कोटाभित्र अटेन। फेरि पनि बोलायौं। फेरि पनि सोध्यौं। छुट्टाछुट्टै धारणा राख्न भन्यौं। तर क्यान चाही केही होइन भन्नेखालको सम्मका पनि कुरा आए।

अनुशासन उल्लङ्घन छानविन समितिको सिफारिस के थियो? बोर्डले जस्ताको त्यस्तै समितिको सिफारिसलाई अनुमोदन गरेको हो?

अहिले अनुशासन समिति निलम्बित छ त्यसले काम गरेन। त्यसपछि बोर्डले ५ सदस्यीय अनुशासन उल्लङ्घन सम्बन्धी छानविन गर्न एउटा कमिटी गठन गरिएको थियो। त्यसले अनुशासन गम्भीर रुपमा तोडेको पुष्टी भएकाले उहाँहरुलाई सच्याउनका लागि सचेत गराइएको हो।

बोर्ड बैठकको निर्णयमा चारजना खेलाडीलाई '२०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने' भनिएको छ। यसमा खेलाडीको सेवासुविधा रोक्ने भनिएको हो? या खेल्नै रोकिने भन्न खोजिएको हो?

सेन्ट्रल कन्ट्राक्ट १८ जनाको हुन्छ। त्यसमा कोही त्यसभित्र नपरेका पनि खेलिरहेका छन्। १८ जनामा तलब खाने खेलाडी पनि टीममा नपरेका हुन सक्छन्। अघिल्लो प्रदर्शनका आधारमा यो वर्ष नपर्न सक्छन्। यसको मतलब नखेल्ने भन्ने होइन।

सेन्ट्रल कन्ट्राक्ट ग्रेडिङ हुँदैछ। अघिल्लो पर्समेन्सको आधारमा। यसमा तत्काल उनीहरुलाई सहभागी नगराउने। अहिले पनि दुई जनाले पैसा लगेको छैन। त्यो पैसा फ्रिज भयो। हाम्रो तीनतीन क्वाटरमा आउने पैसा त्यस अवधिमा खर्च गरेन भने त्यो पैसा फर्स्योट हुँदैन र आईसीसीमा फिर्ता जान्छ। हामीले झन्डै एक महिनासम्म आग्रह गरेर रोक्यौं। एकमहिना लम्ब्याउँदा पनि नभएपछि यस्तो भएको हो।

एउटा प्रतियोगिताको समापनको दौरान खेलाडीलाई प्रभावित पार्न बाह्य कुरा सक्रिय भएको बताउनु भएको थियो। यसमा खास कुरा केहो? केले क्रिकेटरहरुलाई प्रभावित गरिरहेको छ?

ज्ञानेन्द्र मल्लजीले टिमलाई एकजुट बनाउन सक्नुभएन। 'एस म्यान'हरुलाई मात्र संरक्षण दिएको देखियो। दर्जनौ खेलाडीले हामीलाई जबरजस्ती/जानकारी नदिइ हाम्रो दस्तखत लिइ क्यानमा पठाइयो। यसको दुरुपयोग गरेर पठाइएको हो यसमा हाम्रो सहमति छैन भनिसकेपछि त केही गडबड छ भन्ने पुष्टी भयो। ती खेलाडीलाई क्यानको विरुद्ध सही गराएर क्यानमा पठाइएको भन्ने बुझियो। हामीले अरुलाई स्पस्टीकरण त सोधेनौं। तर टीम बनाउन त्यस्तो गरेको देखियो।

महत्वपूर्ण प्रतियोगिता नजिकिँदैछन्। यस्तोमा कप्तान/उपकप्तानको जिम्मेवारी नै हेरफेर भएको छ। यसले टिमलाई असर पार्दैन र?

हामीले खेल्नबाट बञ्चित गरेका छैनौं। देशका लागि खेल्ने हो। आफ्नो लागि खेल्ने हो। हामीले खेल्ने वातावरण मिलाइ दिने हो। त्यसको व्यवस्था हामीले गर्ने हो।

मैदानमा गर्ने जिम्मा खेलाडीकै हो। इमानदार तरिकाले खेल्दा फरक नपर्नुपर्ने हो क्रिकेटकै लागि हो भने चाहीँ। अब यहाँ राजनीति गर्नेहो भने चाहीँ मेरो भन्नु केही छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell