PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती, ‘दलाल पुँजीपतिको एजेण्टको आरोप’



पहिलोपोस्ट

पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती, ‘दलाल पुँजीपतिको एजेण्टको आरोप’

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति भएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई पुष्टि गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिएका छन्। प्रचण्डले वक्तव्य जारी गर्दै उक्त सहमतिको आरोप झुटो भएको पनि दावी गरेका छन्। 

ओलीले बुधबार मनोनीत केन्द्रीय सदस्यको शपथ कार्यक्रममा शाह र दाहालबीच पाँच बुँदे भएको दावी गरेका थिए। 

तर, प्रचण्डले उक्त भनाई खण्डन गर्दै माफी माग्न समेत भनेका छन्। 

प्रचण्डको वक्तव्यमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्रमात्र प्रदर्शन गरेका छन्। म केपी ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’ 

दाहालले ओली दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेको पनि आरोप लगाएका छन्। 

यस्तै, ओलीले वित्तीय पुँजीवादबारे गरेको टिप्पणी पनि पुँजीपति वर्तको एजेण्टको रुपमा भएको बताएका छन्। 

केही दिनअघि प्रचण्डले शेयर बजारलाई पुँजीपति र साम्राज्यवादीको नयाँ रुप भएको टिप्पणी गरेका थिए। ओलीले कारोबारीले चन्दा नदिएपछि प्रचण्डले त्यस्तो टिप्पणी गरेको आरोप लगाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell