PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

कांग्रेस महामन्त्री पदको मतगणनाः तीन स्थानमा गणना, चार घण्टामा नतिजा



पहिलोपोस्ट

कांग्रेस महामन्त्री पदको मतगणनाः तीन स्थानमा गणना, चार घण्टामा नतिजा

काठमाडौंः नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेबाट मतगणना सुरु भएको हो। महामन्त्रीमा दुई पदका लागि ६ जना चुनावी मैदानमा छन्। 

अहिले तीन स्थानमा गणना भइरहेको छ। चार घण्टामा नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।

देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्।

यसअघि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उपसभापति दुई पदमा देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर प्यानलका धनराज गुरुङ विजयी भएका छन्। 

१३४ पदका लागि मंसिर २७ गते निर्वाचन भएको थियो। निर्वाचनमा कूल ४६७९ मत खसेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell