PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

एमसीसी बोर्ड बैठकमा नेपालबारे छलफल: 'नोट'मा संसदबाट अनुमोदन गर्ने सरकारको प्रतिवद्धता



पहिलोपोस्ट

एमसीसी बोर्ड बैठकमा नेपालबारे छलफल: 'नोट'मा संसदबाट अनुमोदन गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं : मिलिनियम च्यालेन्ज कोर्पोरेसनको बोर्ड बैठकमा एमसीसी-नेपाल कम्प्याक्टको विषयमा छलफल भएको छ। बोर्डको वार्षिक देश छनोटका लागि भएको बैठकमा एमसीसी बोर्डले नेपालको अवस्थाको बारेमा छलफल गरेको एमसीसीले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

छलफलको ऐजेन्डा अन्तर्गत बैठकमा ५०० मिलियन डलरको एमसीसी-नेपाल कम्प्याक्ट कार्यान्वयनको अवस्थाको बारेमा छलफल भएको बताइएको छ। छलफलमा निर्देशक समितिमा एमसीसी-नेपाल कम्प्याक्टलाई निकट भविष्यमा नै  संसदबाट अनुमोदन गर्ने नेपाल सरकारको प्रतिवद्धता सुनाइएको थियो।  

बोर्ड बैठकले बेलिज र जाम्बियालाई एमसीसीको नयाँ कम्प्याक्टका लागि योग्यता सूचीमा छनोट गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell