PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

पश्चिमा देशहरुले कुटनीतिक बहिष्कारको घोषणा गरिरहँदा बेइजिङ ओलम्पिकमा जाने पुटिनको इच्छा



पहिलोपोस्ट

पश्चिमा देशहरुले कुटनीतिक बहिष्कारको  घोषणा गरिरहँदा बेइजिङ ओलम्पिकमा जाने पुटिनको इच्छा

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गरेका छन्।

अमेरिका, बेलायत र अष्ट्रेलिया लगायत केही देशहरूले अर्को वर्ष फेब्रुअरीमा हुने बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गर्न चाहेको बेला राष्ट्रपति पुटिनको यस्तो टिप्पणी आएको क्योडो न्यूजले उल्लेख गरेको छ।

'मलाई आशा छ कि हामी अन्ततः अर्को फेब्रुअरीमा बेइजिङमा प्रत्यक्ष भेट्न सक्षम हुनेछौं। हामीले पहिले नै सहमति गरेझैं हामी शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिनु अघि वार्ता गर्नेछौं,' पुटिनले सीलाई भनेका छन्।

चीनमा मानवअधिकार उल्लंघनको बढ्दो मुद्दाबिच अमेरिकाको नेतृत्वमा रहेको देशहरुले कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेका हुन्। आर्थिक हिसाबले चीनमा धेरै भर परेको जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ।

यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र लिथुआनियाले पनि बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए। क्यानडा खेल बहिष्कार गर्ने पाँचौं देश बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell