PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

झापाको व्यस्त बजारमा युवकको हत्या,सिसि क्यामरा र मोबाइलको सहयोगमा अभियुक्त खोज्दै प्रहरी



पहिलोपोस्ट

झापाको व्यस्त बजारमा युवकको हत्या,सिसि क्यामरा र मोबाइलको सहयोगमा अभियुक्त खोज्दै प्रहरी

काठमाडौंः झापाको दमकमा एक युवकको हत्या भएको १२ घण्टा बढी भइसक्दा पनि प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन।

बुधवार साँझ करिब सवा ७ बजेतिर दमकस्थित घिमिरे मार्केटमा दमक नगरपालिका २ का २५ वर्षीय तेजप्रकाश पराजुलीको हत्या भएको थियो। शरीरमा धारिलो हत्या प्रहार भएका पराजुलीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले बताए।

'धारिलो हतियारले हानेको देखिन्छ। शरीरमा प्रहार भएको हतियार अहिलेसम्म भेटिएको छैन। अभियुक्तले नै लगेको हुनुपर्छ। थप अनुसन्धान भइरहेको छ,' डिएसपी कार्कीले भने।

तेजप्रकाश रक्षा फेन्सी स्टोरमा काम गर्दै आएका थिए। पसल बन्द गरेर घर फर्किन लाग्दा उनी माथि आक्रमण भएको थियो। प्रहरीले अहिले घटनास्थल नजिकै रहेको सिसि क्यामरा र मृतकको मोबाइल फोनको सहयोगबाट अनुसन्धान गरिरहेको छ। मोबाइलबाट अनुसन्धान गर्न अदालतबाट अनुमति लिन प्रहरीले प्रक्रिया थालिसकेको छ।

त्यस्तै मृतकका बुबाले पनि प्रहरीमा छोराको हत्यारा पत्ता लगाएर कारबाही गर्न उजुरी दिइसकेका छन्। मानिस पक्राउ गरेपछि किटानी जाहेरी दिने उजुरीमा उल्लेख गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

'व्यस्त बजार भए पनि रातिको समय भएकाले घटना बारे अहिलेसम्म देख्ने कोही भेटिएको छैन। हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ,' डिएसपी कार्कीले भने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell