PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेस महामन्त्रीमा को ? गगन अघि, विश्वप्रकाश र प्रदीप पछिपछि



पहिलोपोस्ट

कांग्रेस महामन्त्रीमा को ? गगन अघि, विश्वप्रकाश र प्रदीप पछिपछि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो।

प्रारम्भिक मतपरिणाम अनुसार गगन थापाले अग्रता लिएका छन्। ६०० मत गणना हुँदा गगनले ३८९ मत पाउँदै अग्रता कायम गरेका हुन्।

यस्तै, विश्वप्रकाश शर्माले २२९ मत, प्रदीप पौडेलले २०६, प्रकाशशरण महतले १९३ र मिनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन्।

महामन्त्रीकै अर्का प्रतिस्पर्धी राजाराम कार्कीले १८ मत पाएका छन्।

देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell