PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेस महामन्त्रीमा को? सुरुवातदखि नै गगनको अग्रता, विश्वप्रकाश अघि लाग्दा प्रदीपलाई महतको टक्कर



पहिलोपोस्ट

कांग्रेस महामन्त्रीमा को? सुरुवातदखि नै गगनको अग्रता, विश्वप्रकाश अघि लाग्दा प्रदीपलाई महतको टक्कर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो। सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।   

प्रारम्भिक मतपरिणाम अनुसार गगन थापाले अग्रता जारी राखेका छन् छन्। १५२० मत गणना हुँदा गगनले ९८५ मत पाउँदै अग्रता कायम गरेका हुन्।

महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गगन थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबिच टक्कर छ।

विश्वप्रकाशले ६०३ मत ल्याउँदा प्रदीप पौडेलले ४४७ मत ल्याएका छन्। यस्तै, प्रकाशशरण महतले ४९१, मिनेन्द्र रिजालले २५४ र राजाराम कार्कीले ४७ मत पाएका छन्।

देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell