PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

योगेश्वर अमात्यको जग्गा ठगी प्रकरणमा बैकिङ कसुर मुद्दा किन चलेन? तीनजना पूर्पक्षका लागि जेल चलान



पहिलोपोस्ट

योगेश्वर अमात्यको जग्गा ठगी प्रकरणमा बैकिङ कसुर मुद्दा किन चलेन? तीनजना पूर्पक्षका लागि जेल चलान

काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गामा भएको ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले बैकिङ कसुरमा मुद्दा नचलाउन निर्देशन दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले केही समय अघि कीर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले बैकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीलाई थप समय दिएको थियो।

'अहिले बैकिङ कसुरमा अनुसन्धान नगर्नु भनेर निर्णय भएको छ। प्रतिवादीले पहिले नै रकम फिर्ता भइसकेकाले यो कीर्तेमात्र हो भन्ने देखिएपछि नगर्ने निर्णय भएको हो,' विशेष अदालतका सुचना अधिकारी सञ्जित गौतमले भने।

बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो। कुमारी बैंकका कर्मचारीको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिएको खुलेको थियो। यस घटनाको अनुसन्धान राष्ट्र बैंकले समेत गरेको थियो। प्रहरीले सरकारी वकिल कार्यालयको आदेश अनुसार बैकिङ कसुरमा अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

कीर्ते गरेको अभियोगमा प्रहरीले वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतको आदेश अनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। त्यस्तै, राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। उनीहरुलाई बुधवार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका एसपी श्याम महतोले जानकारी दिए।

कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगंज शाखाले काठमाडौंको न्युरोडलाई कर्जा प्रवाह गरेको थियो। नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौ अन्तिममा नै ऋणीबाट कमसल धितो भन्दै ऋण सकारेको थियो। १ अर्ब बराबरको जग्गालाई ३८ करोड रुपैयाँ मूल्याङ्कन गरेर ऋण प्रवाह गरिएको उनको परिवार स्रोतको दावी छ।

गायक योगेश्वर अमात्यले केही वर्ष अघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा किनेका थिए। कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखी बनिरहेको थियो। अमात्यको जग्गा किन्न मानिसहरू उनको पछि लागिरहेका थिए। 

दलालहरु पनि त्यही जग्गा ताकेर बसेका थिए। यही बिच किनेको २५ मध्ये १३ बिघा जग्गा गायक अमात्यले बिक्री गरेका थिए। त्यसपछि बाँकी रहेको जग्गा पर्खाल लगाएर राखेका थिए। कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गा थियो उनको।

उनले उक्त जग्गा बिरुवा भूमि वनकाली कम्पनीको नाममा राखेका थिए। निजगढ विमानस्थलबाट करिब २० किलोमिटरको दुरीमा रहेको जग्गाको मूल्य बढ्दै गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell