PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नक्कली नोट सहित दुई भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

नक्कली नोट सहित दुई भारतीय नागरिक पक्राउ
फाइल फोटो

काठमाडौंः रौतहटको परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बुधवार दिउँसो भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसादलाई नियन्त्रणमा लिएको हो। बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell