PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस महामन्त्रीमा गगनपछि विश्वप्रकाशको अग्रता कायमै, तेस्रोमा प्रदीप र प्रकाशशरण बिच टक्कर



पहिलोपोस्ट

कांग्रेस महामन्त्रीमा गगनपछि विश्वप्रकाशको अग्रता कायमै, तेस्रोमा प्रदीप र प्रकाशशरण बिच टक्कर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगन थापाले अग्रता कायम राखेका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा २ हजार १२० मत मतगणनाम हुँदा गगनले १ हजार ३८५ मत प्राप्त गरेका छन्। सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।   

महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गगन थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबिच टक्कर छ।

प्रारम्भिक मतपरिणाम अनुसार गगन थापाले अग्रता जारी राख्दा विश्वप्रकाशले ८५१ मत ल्याएका छन्। प्रदीप पौडेलले ६२१ मत ल्याएका छन् भने प्रकाशशरण महतले ६९८ ल्याउँदै टक्कर दिएका छन्। मिनेन्द्र रिजालले ३५१ र राजाराम कार्कीले ५९ मत पाएका छन्।

देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell