PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

महामन्त्रीमा पराजय उन्मुख भए लगत्तै मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिने घोषणा, देउवालाई निर्वतमान सभापति बनाउने गरेका थिए दावी



पहिलोपोस्ट

महामन्त्रीमा पराजय उन्मुख भए लगत्तै मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिने घोषणा, देउवालाई निर्वतमान सभापति बनाउने गरेका थिए दावी

काठमाडौं : नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

१४ औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेका रिजालले प्रारम्भिक मत परिणाम आफ्नो पक्षमा नआएको भन्दै राजीनामाको घोषणा गरेका हुन्।

महामन्त्रीका लागि भइरहेको मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्। रिजाल शेखर कोइरालाको प्यानलबाट उम्मेदवार थिए।

केही दिन अघि रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा महाधिवेशनपछि निर्वतमान सभापति हनेछन् भन्ने अभिव्यक्ति दिएका थिए। १४ औं महाधिवेशनमा देउवाले शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा दोहोरिसकेका छन्।

रिजालले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री देउवालाई राजीनामा पेश गर्ने बताएका छन्।

हाल कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा शेखर प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्माले अग्रता लिएका छन्। त्यसपछि देउवा प्यानलबाट उठेका प्रकाशशरण महत र प्रदीप पौडेल बिच तेस्रो स्थानका लागि टक्कर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell