
काठमाडौं : नेपालमा थप ४१ लाख ४२ हजार कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको अनुदान सहयोगमा खोप नेपाल आइपुगेको हो।
बुधवार नेपाल आइपुगेको खोपमा १९ लाख ६५ हजार ६०० मात्रा कोभिड-१९ विरुद्धको मोडर्ना खोप र २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन गरी ४१ हजार ४२ हजार २५० खोप खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले जानकारी दिइन्।
बुधवार नेपाल आइपुगेको खोप १२ वर्ष देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीलाई दिइने छ। मन्त्रालयले यो समूहलाई लक्षित गरी पुस ४ गते देखि खोप अभियान चालाउँदै छ।
हालसम्म नेपालमा कूल जनसंख्याको ३८.२ प्रतिशतलाई कम्तिमा १ मात्रा र ३१ प्रतिशतलाई पूर्ण मात्रामा खोप दिइसकेको छ। त्यस्तै लक्षित जनसंख्याको ५८.२ प्रतिशतलाई कम्तिमा एक मात्रा र ४७.२ प्रतिशतलाई पूर्णमात्रा दिइएको छ।