PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सुन्तला बाँड्दै रामचन्द्रले नवनिर्वाचित उपसभापति गुरुङलाई भने : पार्टीलाई एक बनाउन लाग्नुस्



पहिलोपोस्ट

सुन्तला बाँड्दै रामचन्द्रले नवनिर्वाचित उपसभापति गुरुङलाई भने : पार्टीलाई एक बनाउन लाग्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेका छन्। उपसभापतिमा निर्वाचित भएपछि शेखर कोइराला प्यानलबाट उपसभापति बनेका गुरुङ पौडेल कहाँ पुगेका हुन्।

आफ्नो निवास पुगेका गुरुङलाई पौडेलले सुन्तला बाँड्दै स्वागत गरेका थिए। पौडेलले गुरुङलाई पार्टीलाई एकताबद्ध बनाउन र विधि सम्मत चलाउने काम गर्न सुझाव दिएको पौडेलको सचिवालयले जनाएको छ।

गुरुङले पनि पार्टीलाई एकताबद्ध बनाएर चुनावमा विपक्षसँगको प्रतिस्पर्धामा अब्बल बनाउन लाग्ने बताएका थिए। महाधिवेशन बहिष्कार गरेका पौडेललाई उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने समेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell