PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

७० दिनमै रक्षा मन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा, महामन्त्रीमा पराजय बन्यो कारण



पहिलोपोस्ट

७० दिनमै रक्षा मन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा, महामन्त्रीमा पराजय बन्यो कारण

काठमाडौं : रक्षा मन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। मन्त्रीपदको सपथ लिएको ७० दिनमा नै रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफ्नो राजीनामा बुझाएका हुन्। 

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका रिजाल महामन्त्रीमा पराजित भएपछि राजीनामा दिएका हुन्। 

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार पुगेर राजीनामा बुझाएका हुन्।

महामन्त्री पदको प्रारम्भिक मतपरिणाम आउन थालेसँगै आफ्नो पराजय हुने निश्चित भएपछि रिजालले अन्तिम परिणाम आएसँगै राजीनामा बुझाउने घोषणा गरेका थिए। 

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell