(1)15.jpg)
काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोभिड १९ परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको हो। यस्तै, २६७ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५२६ पुगेको छ।
संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ५६७ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले खोप लगाएका छन्।