PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरः पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका –१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका -७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र चालक बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सीताराम पाण्डेलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell