PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

महिला सहमहामन्त्रीमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय विजयी



पहिलोपोस्ट

महिला सहमहामन्त्रीमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय विजयी
फोटोः उपाध्यायको फेसबुकबाट

काठमाडौंः नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) निर्वाचित भएकी छन्। शेखर कोइराला प्यानलकी उम्मेद्वार कमला पन्तलाई पराजित गर्दै उपाध्याय निर्वाचित भएकी हुन्। 

उपाध्यायले २५३३ मत पाएकी छन्। पन्तले २१०५ मत पाएकी हुन्। सहमहामन्त्रीमा कूल ४६८२ मत खसेको हो। जसमा ४४ मत बदर भएको छ। 
निर्वाचन समितिले औपचारिक रुपमा परिणाम भने सार्वजनिक गरिसकेको छैन। 

सहमहामन्त्री अन्र्तगत समावेशी समूहको मतगणना अहिले जारी छ। दलित र आदिवासी जनजाति क्लष्टरको गणना पार्टी कार्यालय सानेपामा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell