
काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै नेता मीनेन्द्र रिजालले एकपछि अर्को निर्णय लिएका छन्। पराजित हुने निश्चित भएसँगै रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा र लगत्तै राजीनामा बुझाए। साथै राति पुनः उनले मोरङ क्षेत्र नम्बर २ का नागरिकको स्वास्थ्य उपचारका लागि भन्दै प्रतिष्ठानको घोषणा गरे।
प्रतिष्ठानमा ५० लाख रुपैयाँको कोष अनुदान आफ्नो तर्फबाट रहेको पनि उनले बताए।
बिहीबार राति ट्वीट लेख्दे उनले मोरङ २ का जनताले उपचारमा खर्च गर्न पाउनेगरि सो कोष स्थापना भएको बताएका छन्।
मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ; आमा-बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ। त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु। 2/2
— Minendra Rijal (@MinendraRijal) December 16, 2021